<p>यो पुस्तकले खास गरी ऐतिहासिक ख्रीष्‍टियान विश्‍वासको पक्षमा गहकिला साक्षीसाथै तर्कहरू पेस गर्दछ । ख्रीष्‍टियान विश्‍वास कुनै अन्धविश्‍वास नभई बौद्धिक विश्‍वास हो भन्‍नाका लागि विभिन्‍न प्रमाणहरू जुटाइएका छन् । २३ ओटा अध्यायमा विभाजित यस किताबले बाइबल अद्वितीय छ; येशूले आफू जे हुँ भनी दाबी गर्नुभयो उहाँ त्यही हुनुहुन्छ र परमेश्‍वरको अस्तित्वको लागि विभिन्‍न वैज्ञानिक साक्षीहरू उपलब्ध गराउने काम गर्दछ ।</p>
<p>यो पुस्तक मूलत: बाइबलको विषयमा हो । बाइबल कस्तो खालको पुस्तक हो र यसको ईश्‍वरीय प्रेरणाका लागि के-कस्ता वस्तुगत साक्षीहरू छन् भनी यस पुस्तकले केलाउने काम गर्दछ । ३० ओटा पाठमा विभाजित यस किताबले बाइबलको ईश्‍वरीय प्रेरणाको लागि पूरा भएका भविष्यवाणीहरू, बाइबलमा उपलब्ध विज्ञान, बाइबलको अविनाशितासाथै यसको विश्‍वव्यापी प्रभाव, पुरातत्त्वविद्याले हालै उदाङ्गो पारेका खोजहरूलगायत अन्य थुप्रै साक्षीहरूलाई प्रमाणको रूपमा प्रस्तुत गरेको छ ।</p>