Christian Books
Self-Help Books
Others
E-Books
Filtered By:
  • Nepali
book
  • new

आराधान र जीवनशैली

  • Nepali

<p>नवउदयमान लेखक हेमन राईद्वारा लिखित आराधना र जीवनशैली (आत्मा र सत्यतामा आराधना) नामक पुस्तक वर्तमान मण्डलीको निम्ति अति आवश्यक ठानेको छु । सरल भाषामा लिखित यस पुस्तक आराधना अगुवाई गर्ने अगुवाहरूका निम्ति मात्र नभएर सबै विश्वासीहरूका निम्ति सहयोगीसिद्ध हुनेछ भन्ने कुरामा कुनै दुईमत छैन । कसको आराधना गर्नुपर्छ र किन आराधना गर्नुपर्छ, ग्रहणयोग्य आराधना के हो, र आराधनाको शक्तिलाई नयाँ र पुराना करारका नमुनाद्वारा प्रमाणित गर्नुभएको छ । विषयगत उठानलाई बाइबल केन्द्रित प्रस्तुतिलाई नियाल्दा लेखकले यस क्षेत्रमा आफूलाई अब्बल सावित गरेका छन् । बाइबललाई राम्ररी अध्ययन गरेर तयार पारिएको यस पुस्तक सबैले एकपटक पढ्न सिफारिस गर्दछु । लेखकको कलमहरू अनवरत रूपमा अन्य विषयहरूमा पनि चलिरहोस् । पहिलो पुस्तक नै यति गहन विषयलाई लिएर लेख्नुभएकोमा हार्दिक बधाई छ ।</p>

book
  • new

वेदान्तलाई नियाल्दा ख्रीष्ट येशूको दर्शन

  • Nepali

<p>आत्मज्ञान अर्थात् ईश्वरीय दर्शनको बारेमा शिक्षा-दिक्षा दिने शिक्षकहरू संसारमा धेरै- धेरै पाइन्छन्... तर प्रभु येशूले गर्नुभएका कार्यहरूको तुलनामा संसारका मानिसहरू दाँजोमा कहिल्यै आउन सक्दैनन्। विज्ञानको चरम सीमामा पुगेको यस संसारलाई काल्पनिक कथाहरूमा अल्मल्याउने कुचेष्टा पनि कसैले गर्नुहुँदैन। यदि यसो गरिएको ठहरिएमा फूलको वर्षा नभएर ढु&zwnj;ङ्गा वर्षने युग हो यो। यहाँ बिना प्रमाणका कुनै काल्पनिक कुराहरू योग्य ठहरिँदैनन् । हिजआज पनि धर्मगुरू भएर धेरै झुठा मानिसहरू संसारमा निस्कँदैछन् र अज्ञानी धर्मान्धहरूलाई झुक्याएर शोषण गर्दैछन् । तर सबै मानिहरू अज्ञानी अन्धविश्वासी छैनन् र सबैलाई झुक्याउने सपना पनि देख्नु हुँदैन। हामीले हेर्दा-हेर्दै धेरै महागुरूहरू भयानक अपराधको काण्डमा फेला परेका छन्। अझै त्यस्ता काण्डहरू देखिने छन्।</p>