पुरानो करारअन्तर्गत राजा रहवामको समयमा त्यति बेलाका मानिसहरूले गरेकै कुरा आजका विश्‍वासीहरूले पनि गरिरहेका छन् । पुरानो करारमा इस्राएलका शत्रु आएर परमप्रभुको मन्दिरबाट सुन चोरेर लगे । त्यसपछि, राजा रहवामले मन्दिरबाट चोरिएको सुनको स्थानमा पीतल वा काँसाको उपयोग गरे । आज खीष्‍टीयनहरू त्यसै गरिरहेका छन् । उनीहरूले पीतल प्रयोग गरी मन्दिरको सुनको प्रतिस्थापना गरिरहेका छन् । नयाँ करारको मण्डलीका निम्ति रहेको परमेश्‍वरको योजना तथा उद्देश्य अनुसरण गर्नुको सट्टा आज खीष्‍टीयनहरू ‘संसाररूपी पीतलको’ अनसरण गरिरहेका छन् । पवित्र आत्माको वास्तविक प्रवाहमा बहनुको सट्टा उनीहरूले सांसारिक र शारीरिक प्रदर्शनलाई मण्डलीमा भित्र्याइरहेका छन् ।

परमेश्‍वरले पृथ्वीमा पवित्र आत्माको अर्को महान् वर्षा गराउन चाहिरहनु भएको छ । त्यसका निम्ति मानिसहरूले आफ्ना व्यक्तिगत योजना तथा उद्देश्यहरू छाडेर परमेश्‍वरको साँचो आराधनाको अनुसरण गर्नुपर्छ । ख्रीष्‍टको देह अहिले पृथ्वीमा प्रकट भएको परमेश्‍वरको महिमाको सुरुवाती बिन्दुमा छ तर परमेश्‍वरको आशिष्‌को नयाँ जागृति तब मात्र हुनेछ, जब मन्दिरबाट पीतल हटाइन्छ र ‘सुन’ फर्काएर ल्याइन्छ ।

प्रभु येशू खीष्‍टको दोस्रो आगमन अत्यन्त निकट रहेको छ । अतः त्यस महान् घडीलाई शिरोपर गर्दै पृथ्वीका बाँकी रहेका उहाँका कार्यहरू पूरा गर्नका लागि यी दिनहरूमा उहाँका योजना तथा उद्देश्यहरूको अनुसरण गर्नु नितान्त आवश्यक छ ।

विषयसूची

अध्याय १ प्रभुको दर्शन
अध्याय २ योजना, उद्देश्य र अनुसरण
अध्याय ३ यदि परमप्रभुले घर बनाउनुभएन भने
अध्याय ४ तपाईंको उद्देश्य के हो ?
अध्याय ५ ज्योतिमा जिउनु
अध्याय ६ आराधनाको तरिकामा परिवर्तन
अध्याय ७ आराधनाको समयमा नृत्य : शारीरिक कि आत्मामा ?
अध्याय ८ आदर: परमेश्‍वरको उपस्थिति र सामर्थ्यको साँचो
अध्याय ९ आत्माले भरिपूर्ण हुँदै आत्मिक कुरा गर्नु
अध्याय १० आत्माको प्रदर्शन
अध्याय ११ नयाँ करारको साँचो आराधना
अध्याय १२ मूल्य चुकाउनु