<p>आत्मज्ञान अर्थात् ईश्वरीय दर्शनको बारेमा शिक्षा-दिक्षा दिने शिक्षकहरू संसारमा धेरै- धेरै पाइन्छन्... तर प्रभु येशूले गर्नुभएका कार्यहरूको तुलनामा संसारका मानिसहरू दाँजोमा कहिल्यै आउन सक्दैनन्। विज्ञानको चरम सीमामा पुगेको यस संसारलाई काल्पनिक कथाहरूमा अल्मल्याउने कुचेष्टा पनि कसैले गर्नुहुँदैन। यदि यसो गरिएको ठहरिएमा फूलको वर्षा नभएर ढु‌ङ्गा वर्षने युग हो यो। यहाँ बिना प्रमाणका कुनै काल्पनिक कुराहरू योग्य ठहरिँदैनन् । हिजआज पनि धर्मगुरू भएर धेरै झुठा मानिसहरू संसारमा निस्कँदैछन् र अज्ञानी धर्मान्धहरूलाई झुक्याएर शोषण गर्दैछन् । तर सबै मानिहरू अज्ञानी अन्धविश्वासी छैनन् र सबैलाई झुक्याउने सपना पनि देख्नु हुँदैन। हामीले हेर्दा-हेर्दै धेरै महागुरूहरू भयानक अपराधको काण्डमा फेला परेका छन्। अझै त्यस्ता काण्डहरू देखिने छन्।</p>
<p>परमेश्वरले उहाँका सन्तानहरूको उन्नति गराउने काम यो संसारको तरिकाभन्दा भिन्नै किसिमको छ । उहाँका सन्तानहरूलाई आर्थिक रूपमा आशिष दिनको लागि उहाँका सूत्र भिन्नै खालका छन्, जसले गर्दा उहाँका सन्तानहरूले आफूले उहाँबाट पाएको कुरा उहाँलाई फिर्ता गर्न सकून् । उहाँका यी सूत्र सजिलैसित धन कमाउने योजनाका लागि होइन ।<br />यो पुस्तक तपाईंले दशांश दिनुभएको छैन भनेर तपाईंलाई आरोप वा दोष लगाउन भनी लेखिएको होइन । न त यसमा लेखिएका सिद्धान्तहरूले तपाईंलाई चाँडै धनी हुने योजना बनाउन नै सहायता गर्दछन् । यो त ख्रीष्टको मण्डलीलाई दशांशका आशिषहरूका बारेमा जान्न सहायता पुगोस् भनी लेखिएको हो । परमेश्वरको वचनबाट सत्यतालाई प्रस्तुत गर्नु मेरो चाहना हो, जसले मेरो जीवनलाई र सारा संसारमा भएका अरू पनि हजारौं मानिसहरूको जीवनलाई परिवर्तन गरिदिएको छ र तिनीहरू खाँचोबाट प्रशस्तमा र गरिबीबाट उन्नतितिर बढेका छन् ।</p>
<p>नेपालीमा इसाई ईश्वरशास्त्रीय अध्ययन गर्ने गराउने क्रम विकास हुँदै जाँदा कतिपय अंग्रेजी शब्द नेपालीमा सहज उपलब्ध नभएको महसुस भएको र यथाशक्य पूरा अध्ययन नेपालीमा नै हुन सकोस् भन्ने लागेर रिफर्ड बुक्स हाउसद्वारा पहिलो चरणमा सङ्कलित शब्दहरूको शब्दकोश प्रकाशनमा आउँदा धेरै विद्यार्थी र शिक्षकहरूलाई केही सन्तोष लाग्नु स्वाभाविक छ । यो शब्दकोशमा प्रविष्टि गरिएका शब्द/वाक्यांशहरू मूलतः सुधारवादी ईश्वरशास्त्र अध्ययन गर्न सहज होस् भन्ने हेतुले गरिएकाले यसमा भएका शब्दहरूको व्याख्या पनि सुधारवादी झुकावबाट गरिएका छन् । यसबाट शिक्षक एवम् विद्यार्थीहरू दुवैलाई सहयोग हुने विश्वास गर्दछौं । यो पहिलो प्रयास भएकोले यसमा कुनै त्रुटि रहन गए यसको दोश्रो संस्करणमा सुधार गरिने विश्वास दिलाउन चाहन्छौं । यो शब्दकोशको प्रयोगकर्ताले यसमा हुन गएका त्रुटिहरूलाई औंल्याइदिनु भए आभारी रहनेछौं ।</p>