अन्त्यका समयको निम्ति आत्मिक युद्ध

Author: Derek Prince
Price

Rs. 150/-

अन्त्यका समयहरूको निम्ति आत्मिक युद्ध

धेरै मानिसहरू विश्वास गर्दछन्, दुष्टता एउटा “के” हो । तर वास्तविकतामा दुष्टता एउटा “को” हो । तपाईले यो सत्यताको सामना नगरूञ्जेल तपाई र तपाईको परिवार अन्ततः त्यो दुष्टको शिकार हुनसक्छ ।

इतिहासको यस घडीमा हामी संसारभरि आघातका झट्‌काहरू पठाइरहेको द्वेष र दुराशयको अपूर्व वृद्धि देखिरहेका छौं । विश्वासका सबै मानिसहरू बुभन खोजिरहेका छन् कि यी घटनाहरू कहीँ यस युगको अन्त्यको आरम्भको चिन्ह त होइनन् ।

हामीले सामना गर्नुपर्ने सत्यचाहिँ कुनै व्यक्ति, अर्थात् हाम्रो शत्रु शैतानले संसारमा मानिसहरू र राष्ट्रहरूलाई छल्न, विस्थापित गर्न र नष्ट पार्न खोज्दैछ । क्रिश्चियनहरूको नाताले हामी बुझ्दछौं, मण्डलीले यी सबैबारे केही कुरा गर्नुपर्छ । प्रश्न हो, के गर्नुपर्छ त ? हामी कसरी यो शत्रुसँग लड्छौं ? हामी कसरी यो युद्ध जित्छौं ?

यी खतरनाक समयहरू भएतापनि तपाई र मैले डराउनुपर्ने केही कुरा छैन । उत्तरहरू छन्, र तीमध्ये केहीलाई डेरेक प्रिन्सले लेख्नुभएको यो शक्तिशाली र समयोचित पुस्तक “अन्त्य समयको निम्ति आत्मिक युद्ध” मा प्राप्त गर्न सकिन्छ ।

डेरेक यहाँ कुनै कसर बाँकी राख्नुहुन्न । त्यसको सट्टा पर्दा पछाडि लुकेर बस्दै आएको शैतानलाई उहाँ उघारि दिनुहुन्छ । मण्डलीले गर्न आवश्यक कुरा र त्यसलाई कसरी गर्नुपर्दछ त्यसको रूपरेखा उहाँ यस पुस्तकमा ठीकसँग खिँच्नु हुन्छ ।

सुरुको एउटा अध्यायमा डेरेक यस्तो कुरा भन्नुहुन्छ,

“यहाँ मेरो विश्वास छ, शैतानले हामीलाई अन्धकारमा राखिरहन चाहन्छ । हामीले जान्नुपर्ने कुराबाट शैतानले हामीलाई टाढा राख्न चाहने एउटा सत्य छ र त्यो सत्य हो : हामीसँग त्यसको राज्यलाई समाप्त गर्ने अधिकार छ । हामीले यो कुरा नबुझुञ्जेल हामी यो काम गर्नेछैनौं । तर हामीले यो बुझ्यौं भने हामीले...

  • - +

अन्त्यका समयहरूको निम्ति आत्मिक युद्ध

धेरै मानिसहरू विश्वास गर्दछन्, दुष्टता एउटा “के” हो । तर वास्तविकतामा दुष्टता एउटा “को” हो । तपाईले यो सत्यताको सामना नगरूञ्जेल तपाई र तपाईको परिवार अन्ततः त्यो दुष्टको शिकार हुनसक्छ ।

इतिहासको यस घडीमा हामी संसारभरि आघातका झट्‌काहरू पठाइरहेको द्वेष र दुराशयको अपूर्व वृद्धि देखिरहेका छौं । विश्वासका सबै मानिसहरू बुभन खोजिरहेका छन् कि यी घटनाहरू कहीँ यस युगको अन्त्यको आरम्भको चिन्ह त होइनन् ।

हामीले सामना गर्नुपर्ने सत्यचाहिँ कुनै व्यक्ति, अर्थात् हाम्रो शत्रु शैतानले संसारमा मानिसहरू र राष्ट्रहरूलाई छल्न, विस्थापित गर्न र नष्ट पार्न खोज्दैछ । क्रिश्चियनहरूको नाताले हामी बुझ्दछौं, मण्डलीले यी सबैबारे केही कुरा गर्नुपर्छ । प्रश्न हो, के गर्नुपर्छ त ? हामी कसरी यो शत्रुसँग लड्छौं ? हामी कसरी यो युद्ध जित्छौं ?

यी खतरनाक समयहरू भएतापनि तपाई र मैले डराउनुपर्ने केही कुरा छैन । उत्तरहरू छन्, र तीमध्ये केहीलाई डेरेक प्रिन्सले लेख्नुभएको यो शक्तिशाली र समयोचित पुस्तक “अन्त्य समयको निम्ति आत्मिक युद्ध” मा प्राप्त गर्न सकिन्छ ।

डेरेक यहाँ कुनै कसर बाँकी राख्नुहुन्न । त्यसको सट्टा पर्दा पछाडि लुकेर बस्दै आएको शैतानलाई उहाँ उघारि दिनुहुन्छ । मण्डलीले गर्न आवश्यक कुरा र त्यसलाई कसरी गर्नुपर्दछ त्यसको रूपरेखा उहाँ यस पुस्तकमा ठीकसँग खिँच्नु हुन्छ ।

सुरुको एउटा अध्यायमा डेरेक यस्तो कुरा भन्नुहुन्छ,

“यहाँ मेरो विश्वास छ, शैतानले हामीलाई अन्धकारमा राखिरहन चाहन्छ । हामीले जान्नुपर्ने कुराबाट शैतानले हामीलाई टाढा राख्न चाहने एउटा सत्य छ र त्यो सत्य हो : हामीसँग त्यसको राज्यलाई समाप्त गर्ने अधिकार छ । हामीले यो कुरा नबुझुञ्जेल हामी यो काम गर्नेछैनौं । तर हामीले यो बुझ्यौं भने हामीले यो कार्य गर्ने निश्चय गर्नुपर्दछ ।”

यी भनाइहरूले यो महत्वपूर्ण पुस्तकको उद्देश्यलाई समेट्छ । तपाईले “अन्त्यका समयको निम्ति आत्मिक युद्ध" पढेर सिध्याउने बेलासम्म शैतानको राज्य नष्ट गर्ने अधिकार र शक्ति हामीसँग छ भन्ने कुरा तपाई निश्चय नै बुझ्नुहुनेछ ।

आत्मिक युद्धमा डेरेक प्रिन्सको विशेषज्ञताको साठी वर्षको लाभ हामी यस पुस्तकमा पाउँछौं र यसभित्र यस्ता रोचक र उपयोगी सामग्रीहरू छन् जसले गर्दा तपाईले यसलाई पढ्न सुरु गर्दा अन्तिम पृष्ठ नपल्टाउञ्जेल पुस्तक हातबाट तल राख्नुहुनेछैन । प्रथम पृष्ठबाटै तपाई बुझ्नुहुनेछ, तपाई जस्तो आत्मिक विजेता हुन सृजना गरिनुभएको छ, त्यस्तै हुन तपाई एउटा असाधारण तालीम दिने क्षेत्रमा प्रवेश गर्नुभएको छ ।

डेरेक प्रिन्स मिनिष्ट्रिजमा यस पुस्तकले मण्डलीलाई आफ्नो पूर्ण सामर्थ्यमा ल्याउनमा निर्णायक भूमिका खेल्नेछ भन्ने कुरामा हाम्रो विश्वास छ । परिणाम के हुनेछ त ? हाम्रा प्राणको शत्रुविरूद्धको लडाइँमा क्रिश्चियनहरू विजयको एकदमै संघारमा पुग्नेछन् । अन्त्यमा, हाम्रो गवाहीको वचन र हाम्रो जीवनलाई मृत्युसम्मै प्रेम नगरिकन तपाई र मैले शैतानको राज्यलाई थुमाको रगतले एकैचोटि सदाको निम्ति ढाल्नेछौं ।

यस पुस्तकको निम्ति हाम्रो आशा छ, यसले हामीलाई प्रभु येशू ख्रीष्टको नाउँमा त्यो महान् र अन्तिम विजय हासिल गर्न सहायता गर्नेछ । यो हाम्रो नियुक्ति हो र यो उहाँमा हाम्रो नियति हो ।

डेरेक प्रिन्स मिनिष्ट्रिजको अन्तर्राष्ट्रिय प्रकाशन दल (इन्टरनेसनल पब्लिशिङ्ग टिम)

Author: Derek Prince
Language: Nepali
Publication: Good News Publisher
Published on: 2025-12-08
Edition: First 2017
Size: Standard
Total Pages: 172
Weight: 175g