सफल दाम्पत्य जीवनका रहस्यहरू

Author: Om Kumar Rai
Price

Rs. 250/-

आफ्‌ना जोडी कसरी चिन्ने वा छान्ने ? साथै सफल दाम्पत्य जीवनको रहस्यहरू केके हुन् ? पास्टर ओम कुमार राईको अर्को प्रस्तुती ईसाई साहित्यमा अर्को उपहार स्वरूप आएको छ ।

ईसाई जगतमा लेखिएका धेरै पुस्तक, कथा संग्रह, कविता र भजनहरू नभएका होइनन् तर पनि पा. राईको यस पुस्तकले सरलता र समय सान्र्दभिकको साथसाथै परमेश्वरको जीवित वचनबाट उधृत पदहरूको जीवन्तता प्रदान गरेको छ ।

विवाह जस्तो जटिल प्रश्नहरूको सटिक प्रमाण सहितको प्रेरणादायी समाधानहरू परमेश्वरको वचनबाट लिइएकोले पनि यसका पाठकहरूले अवश्य एक उचित निर्णय लिन सक्नेछन् भन्ने विश्वास लिएको छु ।

आजको आधुनिक युगमा, सर्वसुलभ भौतिक र संचार सुविधाको संजालमा व्यस्त युवा समाज, नचाहँदा नचाहदै पनि अश्लीलताको जालमा फसिरहेको परिस्थितिमा यस पुस्तकले सुरक्षित अवतरणमा मद्दत मिल्नेछ । दाम्पत्य जीवनमा तनाव हुँदैछ वा बिग्रन लाग्दैछ भने यो पुस्तक त्यस्ता पाठकहरूको लागि असल औषधीको काम गर्नेमा विश्वस्त छु । नव दम्पत्ती र विवाहित जोडीको निम्ति पनि यो पुस्तकले आशिषमा लग्ने कुरामा निश्चिन्त छु ।

अन्त्यमा हाम्रा परमेश्वर पिताको प्रेम, प्रभू येशू खीष्टको अनुग्रह र पवित्र आत्माको संगति र अभिषेकले यस्तै समय सापेक्ष सदुपयोगी पुस्तकहरूको आशा राख्दै सफलताको निम्ति बधाई दिन चाहन्छु ।

  • - +

Language: Nepali
Publication: Other
Published on: 2025-04-07
Edition: First 2078
Size: Standard
Total Pages: 144
Weight: 100g

Related Books