Rs. 150/-
पुस्तकको बारेमा लेखकको भनाई
मेरो नाम सुचित्रा श्रेष्ठ हो। झन्डै १३–१४ वर्षदेखि म बाथ रोगको पीडित हुँ। कहिल्यै कल्पनासमेत नगरेको यो रोगले मेरो जीवनलाई पूर्णरूपमा उल्ट्याइदियो।
पहिले म पनि अरु सबैजस्तै एक सामान्य बालिका थिएँ—हाँस्थेँ, खेल्थेँ, दौडिन्थेँ, बिहानबिहान हाँस्दै स्कुल जान्थेँ, र आफ्ना सबै काम आफ्नै हातले गर्थेँ। जुन कहिल्यै सोच्न सकेकी थिइनँ, एक दिन अकस्मात् जीवनको गति रोकियो, र रोगको भारीले मेरो बालापनको उज्यालो जीवनलाई एकदिन यति घोर अँध्यारोले छोप्यो।
भर्खरै फक्रन लागेको कोपिला झैँ थिएँ म, तर बाथ रोगको तुषाराले त्यो कोपिला अधुरै रह्यो। त्यसरी नै मेरो शरीर पनि विस्तारै रोगले च्याप्न थाल्यो। एकपछि अर्को गरेर अङ्गहरू असहज बन्दै गए, र मेरो आफ्नै शरीर मेरो लागि बोझ बन्न थाल्यो। न बाँच्न सक्ने, न मर्न सक्ने अवस्था—निराशाको खाडलमा झर्दै एक अप्ठ्यारो सीमारेखामा अड्किएको थिएँ म।
जहाँ मेरो मुवाको हातले मलाई उठाउनु पर्थ्यो, जहाँ म आफ्नो हातले खाना खान सक्दिनथेँ, र खुट्टाले हिँड्न त कल्पनाभन्दा बाहिरको कुरा थियो। एक अँध्यारो कोठाको चार भित्ताभित्र थुनिएर, जिन्दगीलाई नियालिरहेकी थिएँ म।
धामी झाँक्री, अस्पताल, औषधि, अनगिन्ती डाक्टरहरू—सबै उपायहरू प्रयोग गरियो, तर सबै प्रयासहरूले हार खाए। जीवनप्रति मोह घट्दै गयो, र म त्यसपछि मृत्युको बाटोहरू खोज्न थालेँ। मन रोइरहेको थियो, आँशुले शब्द खोजिरहेझैँ लाग्थ्यो। मृत्युकै सोचले मन आत्तिरहन्थ्यो।
तर त्यही अँध्यारो घडीमा येशूको सुसमाचारले मेरो जीवनमा आशाको ढोका खोल्यो। २०७६ सालमा मैले येशू ख्रीष्टको सुसमाचार सुनेँ र उहाँलाई मेरो जीवनको प्रभुको रूपमा स्वीकार गरेँ। त्यस क्षणदेखि मेरो मनमा नयाँ बिहानको किरण झैँ शान्तिको उज्यालो फैलिन थाल्यो। शीतले ढाकिएको मनमा प्रभुको प्रेमले ताप दिन थाल्यो।
अब म मृत्यु होइन, जीवनको सार देख्न थालेँ। मेरो पीडा...

अब म मृत्यु होइन, जीवनको सार देख्न थालेँ। मेरो पीडा होइन, प्रभुको योजना र उद्देश्य महसुस गरी मेरो अस्तित्वको अर्थ पाउन थालेँ।
आज म एउटा कोठाभित्र छु, व्हीलचेयरको सहारामा हिँडिरहेकी छु, तर मेरो मन भने मुक्त छ, आशाले भरिएको छ। यही आशाको शब्दहरू द्वारा लेखिरहेकी छु म—"मौन हृदयको चर्को आवाज" नामक मुक्तक सङ्ग्रह।
यो केवल एउटा पुस्तक होइन—यो हरेक पङ्क्ति मेरो आत्माको रुवाइ हो, मेरो हृदयबाट फूटिएको साक्षी हो, र येशू ख्रीष्टको प्रेम र रूपान्तरणको कहानी हो।
यो पुस्तक लेख्न अत्यन्त कठिन थियो—अपाङ्ग शरीरको पीडा, दुख्ने औँलाहरू, बस्नै नसकिने समस्याहरू। तर पनि म लेखिरहेँ, किनभने यो मेरा शब्द मात्र होइनन्, यी शब्दहरू मेरो आत्माको चिच्याहट हुन्, र परमेश्वरको प्रेमको प्रमाण हुन्।
म हृदयदेखि आभारी छु—मेरो स्थानिय मण्डली निस्सी सामुदायिक चर्च, नेपाल ख्रीष्टियन सामुदायिक चर्चका आदरणीय पास्टरज्यू, अगुवाहरू र सम्पूर्ण मण्डली परिवारप्रति। उहाँहरूको समर्थन, प्रार्थना र माया बिना यो सम्भव हुने थिएन। प्रभुलाई धन्यवाद, जसको अनुग्रहले म आज लेखिरहेकी छु।
मलाई आशा छ—हजुरहरूले मेरो पुस्तक पढ्नुहुनेछ, माया गर्नुहुनेछ, र यस यात्रामा मलाई साथ दिनुहुनेछ। किनकि हजुरहरूको स्नेह र समर्थनले म अझै लेखिरहनेछु, रोगसँग लडिरहनेछु, जबसम्म शरीरमा शक्ति छ, जबसम्म यो प्राणमा सास रहन्छ, तबसम्म कलमलाई रोकिन दिने छैन।
"जसरी ढुङ्गाको चिराबाट टुसाएको एउटा सानो फूलले अस्तित्वको सबै प्रतिरोध चिरेर पनि
सुगन्ध फैलाउँछ, सौन्दर्य बाँड्छ, र जीवनको सन्देश दिन्छ—
त्यसरी नै म पनि
टुटेका सपनाहरूभित्रै फुल्ने संघर्ष गरिरहेकी छु,
घाउको माटोमा पनि आशाको बीज रोपिरहेकी छु,
र यो जीवनमार्फत प्रभुलाई महिमा दिने एक सजीव फूल बन्ने प्रयास गरिरहेकी छु।"
| Author: | Suchitra Shrestha |
|---|---|
| Language: | Nepali |
| Publication: | Other |
| Published on: | 2025-05-01 |
| Edition: | First 2081 |
| Size: | Standard |
| Total Pages: | 94 |
| Weight: | 200g |