Rs. 400/-
एउटा घर बलियो हुन त्यसको जग बलियो हुनुपर्छ अनि एक विश्वासी जीवन पनि त्यस्तै हो । तपाईंको विश्वासी जीवनको जग बलियो बनाउनका लागि चाहिने आधारभूत तत्त्वहरूको पोषण यस पुस्तकले तपाईंलाई प्रदान गर्नेछ ।
Moreover, brethren, I declare to you the gospel which I preached to you, which also you received and in which you stand, by which also you are saved, if you hold fast that word which I preached to you—unless you believed in vain.
– I Corinthians 15:1,2
भाइ हो, मैले तिमीहरूलाई प्रचार गरेको सुसमाचार म तिमीहरूलाई याद दिलाउन चाहन्छु, जुन सुसमाचार तिमीहरूले ग्रहण गर्यौ, र जसमा तिमीहरू स्थिर रहन्छौ । यस सुसमाचारद्वारा तिमीहरूको उद्धार भएको छ, यदि त्यसमा तिमीहरू अटल रह्यौ भने, नत्रता तिमीहरूले व्यर्थैमा विश्वास गर्यौ ।
– १ कोरिन्थी १५:१,२
जब एक शिशुको जन्म हुन्छ, तब डाक्टर तथा परिवारजनले पहिलो पटक अभिभावक बनेका आमाबुबालाई उक्त शिशु बाँच्नका लागि चाहिने तीन वटा आधारभूत कुराहरू जुटाउन उत्साह दिन्छन् । ती तीन कुराहरू प्रेम, पोषण र सुरक्षा हुन् । यी तीन वटा कुराहरू प्रत्येक नयाँ ख्रीष्टीयनका लागि पनि अत्यावश्यक हुन्छन् । यस अभ्यास-पुस्तकले ख्रीष्टीय विश्वासमा नयाँ रहेका ती व्यक्तिहरूलाई आत्मिक जीवनका लागि चाहिने ती आधारभूत तत्त्वहरू पत्ता लगाउन सहायता गर्छ ।
“आधारभूत तत्त्वलाई बुझ्नु” ख्रीष्टीयनहरूले परमेश्वरको प्रेम पत्ता लगाऊन् र अनुभव गरून्, आत्मिक पोषण प्राप्त गरून्, र परमेश्वर तथा उहाँको वचनको संरक्षणमा विश्राम लिऊन् भन्ने उद्देश्यले उनीहरूलाई सहायता गर्न तयार पारिएको एक सामर्थी साधन हो । “आधारभूत तत्त्वलाई बुझ्नु” ले नयाँ खीष्टीयनहरूलाई परमेश्वरको वचनमा पाइने आधारभूत कुराहरूमा स्थापित हुन सहायता गर्नेछ भने, परिपक्व ख्रीष्टीयनहरूलाई चाहिँ...
एउटा घर बलियो हुन त्यसको जग बलियो हुनुपर्छ अनि एक विश्वासी जीवन पनि त्यस्तै हो । तपाईंको विश्वासी जीवनको जग बलियो बनाउनका लागि चाहिने आधारभूत तत्त्वहरूको पोषण यस पुस्तकले तपाईंलाई प्रदान गर्नेछ ।
Moreover, brethren, I declare to you the gospel which I preached to you, which also you received and in which you stand, by which also you are saved, if you hold fast that word which I preached to you—unless you believed in vain.
– I Corinthians 15:1,2
भाइ हो, मैले तिमीहरूलाई प्रचार गरेको सुसमाचार म तिमीहरूलाई याद दिलाउन चाहन्छु, जुन सुसमाचार तिमीहरूले ग्रहण गर्यौ, र जसमा तिमीहरू स्थिर रहन्छौ । यस सुसमाचारद्वारा तिमीहरूको उद्धार भएको छ, यदि त्यसमा तिमीहरू अटल रह्यौ भने, नत्रता तिमीहरूले व्यर्थैमा विश्वास गर्यौ ।
– १ कोरिन्थी १५:१,२
जब एक शिशुको जन्म हुन्छ, तब डाक्टर तथा परिवारजनले पहिलो पटक अभिभावक बनेका आमाबुबालाई उक्त शिशु बाँच्नका लागि चाहिने तीन वटा आधारभूत कुराहरू जुटाउन उत्साह दिन्छन् । ती तीन कुराहरू प्रेम, पोषण र सुरक्षा हुन् । यी तीन वटा कुराहरू प्रत्येक नयाँ ख्रीष्टीयनका लागि पनि अत्यावश्यक हुन्छन् । यस अभ्यास-पुस्तकले ख्रीष्टीय विश्वासमा नयाँ रहेका ती व्यक्तिहरूलाई आत्मिक जीवनका लागि चाहिने ती आधारभूत तत्त्वहरू पत्ता लगाउन सहायता गर्छ ।
“आधारभूत तत्त्वलाई बुझ्नु” ख्रीष्टीयनहरूले परमेश्वरको प्रेम पत्ता लगाऊन् र अनुभव गरून्, आत्मिक पोषण प्राप्त गरून्, र परमेश्वर तथा उहाँको वचनको संरक्षणमा विश्राम लिऊन् भन्ने उद्देश्यले उनीहरूलाई सहायता गर्न तयार पारिएको एक सामर्थी साधन हो । “आधारभूत तत्त्वलाई बुझ्नु” ले नयाँ खीष्टीयनहरूलाई परमेश्वरको वचनमा पाइने आधारभूत कुराहरूमा स्थापित हुन सहायता गर्नेछ भने, परिपक्व ख्रीष्टीयनहरूलाई चाहिँ उनीहरूको विश्वासको जगमा नवीकरण गर्नेछ ।
यस पुस्तकभित्र तपाईंले निम्न कुराहरू पत्ता लगाउन सक्नुहुनेछः
यस पुस्तकमा समावेश गरिएका केही प्रश्नहरूः
विषयसूची
अध्याय १ः ख्रीष्टीयन कसरी बन्ने
क. ठूलो प्रश्न
ख. अनन्त जीवनका योग्यताहरू
ग. आफूसँग अनन्त जीवन छ भनी तपाईंले कसरी जान्नुहुन्छ ?
घ. येशू को हुनुहुन्छ ?
ङ. हामी को हौँ ?
च. येशू हामीजस्तै मानिसहरूका लागि मर्नुभयो
छ. येशूले हामीलाई एउटा नयाँ जीवन दिनुहुनेछ
ज. के येशू ख्रीष्ट परमेश्वरकहाँ पुग्ने एक मात्र बाटो हुनुहुन्छ ?
झ. विश्वास गर्नु र ग्रहण गर्नु भनेको के हो ?
ञ. व्यक्तिगत उपयोग
ट. सामूहिक अभ्यास
अध्याय २ः आफू ख्रीष्टीयन भएको कुरामा कसरी सुनिश्चित हुने
क. हामी तथ्यहरूलाई आफ्नो विश्वासको आधार बनाउँछौँ
ख. आफ्नो विश्वासको जाँच गर्नुहोस्
ग. ती तथ्यहरू के के हुन् ?
घ. व्यक्तिगत उपयोग
ङ. सामूहिक अभ्यास
अध्याय ३ः परमेश्वरसँगको आफ्नो सम्बन्धलाई कसरी विकास गर्ने
क. परमेश्वर कस्तो हुनुहुन्छ ?
ख. म परमेश्वरलाई कसरी जान्न सक्छु ?
ग. व्यक्तिगत उपयोग
घ. सामूहिक अभ्यास
अध्याय ४ः परमेश्वरसँग कसरी कुराकानी गर्ने
क. म परमेश्वरसँग कसरी कुराकानी गर्न सक्छु ?
ख. व्यक्तिगत उपयोग
ग. सामूहिक अभ्यास
अध्याय ५ः परमेश्वरबाट कसरी सुन्ने
क. परमेश्वर मसँग कसरी बोल्नुहुन्छ ?
ख. व्यक्तिगत उपयोग
ग. सामूहिक अभ्यास
अध्याय ६ः परमेश्वरको आज्ञा कसरी पालन गर्ने
क. तपाईं आफूले परमेश्वरलाई प्रेम गर्ने कुरा उहाँलाई देखाउनुहोस्
ख. व्यक्तिगत उपयोग
ग. सामूहिक अभ्यास
अध्याय ७ः परमेश्वरको प्रेम र क्षमाको अनुभूति कसरी गर्ने
क. सम्बन्ध र मित्रता
ख. परमेश्वरले मलाई कसरी देख्नुहुन्छ ?
ग. परमेश्वरले पापलाई कसरी व्याख्या गर्नुहुन्छ ?
घ. कसले पाप गर्छ ?
ङ. हामीलाई पाप गर्ने परीक्षामा कसले पार्छ ?
च. पाप गर्न लगाउने परीक्षाको प्रतिरोध हामी कसरी गर्न सक्छौँ ?
छ. यदि हामीले पाप गर्यौँ भने, हामी के गर्छौं ?
ज. व्यक्तिगत उपयोग
झ. सामूहिक अभ्यास
अध्याय ८ः पवित्र आत्माद्वारा कसरी भरिने
क. पवित्र आत्मा को हुनुहुन्छ ?
ख. पवित्र आत्माद्वारा भरिनु भनेको के हो ?
ग. पवित्र आत्माद्वारा जन्मनु र पवित्र आत्माद्वारा भरिनुबीचको भिन्नता
घ. यी दुई अनुभवहरूको तुलना
ङ. म पवित्र आत्माद्वारा भरिनु किन आवश्यक छ ?
च. मानिस पवित्र आत्माद्वारा कसरी भरिन सक्छ ?
छ. व्यक्तिगत उपयोग
ज. सामूहिक अभ्यास
अध्याय ९ः आफू पवित्र आत्माद्वारा भरिएको कुरामा कसरी सुनिश्चित हुने
क. मैले के अपेक्षा गर्नुपर्छ ?
ख. विभिन्न किसिमका (अन्य) भाषाहरू
ग. अन्य भाषा बोल्नुको उद्देश्य के हो ?
घ. अन्य भाषा बोल्नुका फाइदाहरू के-के हुन् ?
ङ. अन्य भाषाका सम्बन्धमा आम रूपमा भएका गलत बुझाइहरू
च. व्यक्तिगत प्रयोग
छ. सामूहिक अभ्यास
अध्याय १०ः आफ्नो विश्वासलाई कसरी बढाउने र विकास गर्ने
क. विश्वास धेरै महत्त्वपूर्ण छ
ख. विश्वास के हो ?
ग. हामीले विश्वासद्वारा परमेश्वरबाट आशिष् प्राप्त गर्छौं
घ. हाम्रो विश्वास बढ्न सक्छ
ङ. आफ्नो विश्वासलाई क्रियाशील बनाउनु र परमेश्वरबाट प्राप्त गर्नु
च. व्यक्तिगत उपयोग
छ. सामूहिक अभ्यास
अध्याय ११ः प्रशस्त जीवनको अनुभूति कसरी गर्ने
क. परमेश्वरले तपाईंलाई आशिष् दिनुहोस्
ख. किन परमेश्वरले हामीले प्रशस्त आशिष् पाएको चाहनुहुन्छ ?
ग. हामीले सन्तुष्ट हुन सिक्नै पर्छ
घ. प्रशस्त जीवनका दुई क्षेत्रहरू : चङ्गाइ र समृद्धि
ङ. व्यवहारिक उपयोग
च. सामूहिक अभ्यास
अध्याय १२ः विजयी हुने व्यक्ति कसरी बन्ने
क. परमेश्वर तपाईंको पक्षमा हुनुहुन्छ भनी सम्झनुहोस्
ख. दुई वटा राज्यहरू छन् भनी जान्नुहोस्
ग. शैतान र त्यसको राज्यमाथिको तपाईंको अधिकारका बारेमा स्पष्ट हुनुहोस्
घ. व्यक्तिगत उपयोग
ङ. सामूहिक अभ्यास
अध्याय १३ः परमेश्वरको सेवा कसरी गर्ने
क. परमेश्वरसँग तपाईंको जीवनका लागि योजना छ
ख. सबै ख्रीष्टीयनहरू सेवक हुन बोलाइएका हुन्
ग. सबै ख्रीष्टीयनहरू ख्रीष्टका साक्षी हुन बोलाइएका हुन्
घ. सबै ख्रीष्टीयनहरूले आफ्नो जीवनका लागि परमेश्वरको योजना र इच्छाको खोजी गर्नुपर्छ
ङ. सबै ख्रीष्टीयनहरू असल भण्डारे हुनुपर्छ
च. परमेश्वरको इच्छाप्रति समर्पित र दीक्षित
छ. व्यक्तिगत उपयोग
ज. सामूहिक अभ्यास
| Author: | Beth A Jones |
|---|---|
| Language: | Nepali |
| Publication: | Shadba Prakashan |
| Published on: | 2025-05-05 |
| Edition: | First |
| Size: | Letter |
| Total Pages: | 140 |
| Weight: | 440g |